Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट


सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट

काठमाडौँ। जेन–जी प्रतिनिधि लेनिन बिष्टले सरकारका क्रियाकलाप जेन–जी आन्दोलन र त्यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन् ।

बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका छन् । उनले जेन–जी आन्दोलनभित्र ३०–४० वटा समूह रहेको उल्लेख गर्दै सबैलाई समेट्न नसकिएको स्वीकार समेत गरेका छन् । उनले आन्दोलनलाई लिएर केही समूहलाई सडकपक्ष र केहीलाई सरकारपक्ष भनेर आरोप लगाइने गरेको भन्दै सडकपक्षका जेन–जी युवा पुस्ताल अझै न्याय पाउन नसकेको समेत बताए । उनले सरकारको मन्त्रिपरिषद् गठन, नियुक्ति प्रक्रिया र सरकारका गतिविधि क्रान्तिकारी नभएको समेत आरोप लगाएका छन् ।

उनले भने, ‘हामी जेन–नीकै ३०, ४० वटा समूहहरु छौँ । हामीले सबैलाई समेट्न त सकेका छैनौँ । अहिले हामीलाई केही सडकपक्ष केही सरकारपक्ष भनेर आरोप पनि लाग्ने गरेको छ । यहाँको उपस्थिति हेर्दा चाहीँ सडकपक्षले नै एक सय दिन मनाएको जस्तो छ । सरकारपक्षले राम्रो गर्यो पनि भन्ला तर मन्त्रिपरिषद् गठन र नियुक्ति र उहाँहरुका क्रियाकलाप चाँही क्रान्तीकारी पक्षमा छैन । सरकारको क्रियाकलाप जेनजीको पक्षमा छैन । जेनजीले उठाएको मुद्दाको पक्षमा छैन ।’

उनले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई हल गर्न विभिन्न विकल्प प्रश्तुत गर्दै निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको समेत बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?