२१ वैशाख, एजेन्सी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्। बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उनले सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरेका हुन्। केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु
२१ वैशाख, एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान
२१ वैशाख, एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) का लागि १५ लाख युरो बराबरको नयाँ आर्थिक सहायता प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसिएचएले मङ्गलबार ट्वीटरमा अफगानिस्तानका जनताका लागि आयरल्याण्डले हालै गरेको महत्वपूर्ण योगदानको कदर गर्दै थप मानवीय सहायता
२१ वैशाख, एजेन्सी । सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन । स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक
२१ वैशाख, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ । रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी
२० वैशाख ,काठमाडौँ । नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा
२० वैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की गएका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनि फिनल्याण्ड भ्रमणमा गएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका छन् । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को
२० वैशाख, काठमाडाैँ । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं फोर्सेस (एसएएफ)प्रमुखले
२० वैशाख, एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना यात्रुको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै प्रान्तीय राजधानी पुल–ए–खुम्रीबाहिर ख्वाजा अलवान क्षेत्रमा मङ्गलबार बिहान ट्रकले कारलाई ठक्कर दिँदा एक महिला र एक बालकसहित छ जनाको
२० वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने