१० श्रावण, एजेन्सी । एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ
१० श्रावण, एजेन्सी । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ । खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका
१० श्रावण, एजेन्सी । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् । सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको
९ ,श्रावण ,चीन । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ ।चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो । उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ
९ ,श्रावण ,नाब्लस (प्यालेस्टिनी क्षेत्र) । इजरायली सेनाले मङ्गलबार पश्चिम किनारको नाब्लस शहरमा तीन प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ । नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ । सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि
९ श्रावण, एजेन्सी । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ । सिङ्गापुरले २०
९ श्रावण, एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ
९ श्रावण, एजेन्सी । इजरायली सांसदहरूले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेका छन् । मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको जेरुसेलम र तेल अविभमा पनि विरोध प्रदर्शन भएका छन् । मतदानपछि
९ श्रावण, एजेन्सी । पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ । प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नेछिन् । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको
९ श्रावण, एजेन्सी । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ । डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् । विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर