Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दक्षिण कोरियाका विपक्षी दलद्वारा राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रश्ताव दर्ता


काठमाडौँ ।  दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीवार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रश्ताव दर्ता गराएका छन् । मुख्य उदार विपक्षी डेमोक्र्याटिक पार्टी र बुधवार प्रश्ताव पेश गर्ने अन्य पाँच साना दलहरूले यसलाई शुक्रवार संसदमा भोटको लागि राख्ने योजना बनाएका थिए । कानूनअनुसार ३०० सदस्यीय एक सदन भएको राष्ट्रिय सभाले महाभियोग प्रश्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार महाभियोग प्रश्ताव बहुमत सांसदबाट पारित भएको र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गरेको हुनुपर्नेछ । प्रश्ताव पारित गर्न सत्तारुढ दल जनशक्ति पार्टीका १०८ सांसदबाट विपक्षी दलको आठ मत आवश्यक हुनेछ । यदि यो पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछन्  । जसको अवधिमा यूनको संवैधानिक शक्तिहरू निलम्वित हुनेछन् र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि युन विरुद्धको महाभियोग अदालतबाट मान्य भयो भने ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ । संसदले यसको विपक्षमा मतदान गरेपछि युनले मंगलवार राती मार्सल लको घोषणा गरेका थिए  । बुधवार बिहान यसलाई खारेज गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले खारेज गर्ने निर्णय गरेका हुन् । यसैबीच जनशक्ति पार्टीका सांसदहरूले बिहीवार बिहान युनको महाभियोगको विरोध गर्न सहमत भएका थिए । सत्तारुढ दलका विधायकहरूले बिहीवार प्रारम्भिक संसदीय पूर्ण सत्रमा सामेल हुन अस्वीकार गरेका थिए ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?