Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दक्षिण कोरियाका विपक्षी दलद्वारा राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रश्ताव दर्ता


काठमाडौँ ।  दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीवार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रश्ताव दर्ता गराएका छन् । मुख्य उदार विपक्षी डेमोक्र्याटिक पार्टी र बुधवार प्रश्ताव पेश गर्ने अन्य पाँच साना दलहरूले यसलाई शुक्रवार संसदमा भोटको लागि राख्ने योजना बनाएका थिए । कानूनअनुसार ३०० सदस्यीय एक सदन भएको राष्ट्रिय सभाले महाभियोग प्रश्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार महाभियोग प्रश्ताव बहुमत सांसदबाट पारित भएको र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गरेको हुनुपर्नेछ । प्रश्ताव पारित गर्न सत्तारुढ दल जनशक्ति पार्टीका १०८ सांसदबाट विपक्षी दलको आठ मत आवश्यक हुनेछ । यदि यो पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछन्  । जसको अवधिमा यूनको संवैधानिक शक्तिहरू निलम्वित हुनेछन् र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि युन विरुद्धको महाभियोग अदालतबाट मान्य भयो भने ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ । संसदले यसको विपक्षमा मतदान गरेपछि युनले मंगलवार राती मार्सल लको घोषणा गरेका थिए  । बुधवार बिहान यसलाई खारेज गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले खारेज गर्ने निर्णय गरेका हुन् । यसैबीच जनशक्ति पार्टीका सांसदहरूले बिहीवार बिहान युनको महाभियोगको विरोध गर्न सहमत भएका थिए । सत्तारुढ दलका विधायकहरूले बिहीवार प्रारम्भिक संसदीय पूर्ण सत्रमा सामेल हुन अस्वीकार गरेका थिए ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?