Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार ३४ आतंककारीको हत्या


काठमाडौँ । विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताए । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्धुकहरूलाई उद्धार गरिएको बताए । वर्षको शुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेशन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गए । सेनाले यस अवधिमा संदिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेका  छन्  । प्रवक्ताकाअनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको शतर्कता अपनाएका छन्  । देशलाई थप आतंकवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएका छन्  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?