Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार ३४ आतंककारीको हत्या


काठमाडौँ । विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताए । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्धुकहरूलाई उद्धार गरिएको बताए । वर्षको शुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेशन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गए । सेनाले यस अवधिमा संदिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेका  छन्  । प्रवक्ताकाअनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको शतर्कता अपनाएका छन्  । देशलाई थप आतंकवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएका छन्  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?