Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

राष्ट्रपति युन सुक–योलले देश र जनताको बिरुद्धमा कदम चालेको सत्तारुढ दलको निस्कर्ष


काठमाडौँ । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन्  । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन्  । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका छन् । मार्शल ल घोषणाको दिन युनले प्रमुख राजनीतिज्ञहरूलाई गिरफ्तार गर्ने आदेश दिएका थिए  । युनले राजनीतिज्ञहरूलाई पक्राउ गर्न गुप्तचर एजेन्सीहरू प्रयोग गरेको आरोप लागेको छ । यदि युनले आफ्नो राष्ट्रपतिको कर्तव्यलाई निरन्तरता दिए मार्शल कानून घोषणा जस्ता कार्यहरू दोहोरिन सक्ने बताइएको छ । जसले देश र जनतालाई ठूलो खतरामा पार्नसक्ने हानले बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?