Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रपति युन सुक–योलले देश र जनताको बिरुद्धमा कदम चालेको सत्तारुढ दलको निस्कर्ष


काठमाडौँ । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन्  । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन्  । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका छन् । मार्शल ल घोषणाको दिन युनले प्रमुख राजनीतिज्ञहरूलाई गिरफ्तार गर्ने आदेश दिएका थिए  । युनले राजनीतिज्ञहरूलाई पक्राउ गर्न गुप्तचर एजेन्सीहरू प्रयोग गरेको आरोप लागेको छ । यदि युनले आफ्नो राष्ट्रपतिको कर्तव्यलाई निरन्तरता दिए मार्शल कानून घोषणा जस्ता कार्यहरू दोहोरिन सक्ने बताइएको छ । जसले देश र जनतालाई ठूलो खतरामा पार्नसक्ने हानले बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?