Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने


काठमाडौँ ।  स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएका छन्  । देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम शुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएका छन् । प्लान्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नको लागि ६९० मिटरको उचाईको फाइदा उठाउनेछ  । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएका छन्

कन्सो प्लान्टले जलाशयहरू बीचको पानी पम्प गर्न दिनको समयमा उत्पादित अतिरिक्त सौर्य ऊर्जा प्रयोग गर्नेछन्  । जहाँ यसलाई टर्बाइनहरू मार्फत बिजुली उत्पादन गर्न आवश्यक नभएसम्म भण्डारण गरिनेछ । प्लान्टको क्षमताको लागि यसले प्रतिवर्ष ४ हजार जिडब्ल्युएच उत्पादन गर्नेछ । जुन स्पेनको कुनैपनि आणविक पावर स्टेशनले उत्पादन गरेको भन्दा झन्डै दोब्बर हो ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?