१८ श्रावण, एजेन्सी। फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको "पूर्ण ग्यारेन्टी" गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई "विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा" प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ - "यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका
१७ ,श्रावण ,इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रसित पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् । अनाज आपूर्ति हुने
१७ श्रावण, एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको
१७ श्रावण, एजेन्सी । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना
१७ श्रावण, एजेन्सी । महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले
१७ श्रावण, एजेन्सी । हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनिमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ । बुधबार पर्ने आषाढ पूजाका अवसरमा मंगलबार सात
१६ ,श्रावण ,ढाका । बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।
१६ श्रावण, एजेन्सी । इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको
१६ श्रावण, एजेन्सी । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका
१६ श्रावण, एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन