Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित


काठमाडौँ । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रश्ताव पारित गरेका छन् ।

पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरेका हुन्  । ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा मतदान गरेका थिए भने तीन जनाले अनुपस्थिति र आठ जनाले बदर गरेका थिए ।

गत शनिवार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रश्ताव अमान्य भएको पुष्टि भएको थियो । संसदीय स्वीकृतिसँगै संवैधानिक अदालतले १८० दिनसम्म महाभियोगको विचार गर्नेछन्  ।

जसको अवधिमा युनको संवैधानिक शक्ति निलम्वित हुनेछ र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि अदालतले महाभियोगलाई समर्थन ग¥यो भने ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव हुनेछ ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?