Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियाको अवस्थाबारे ब्लिन्केनसँग टर्कीका राष्ट्रपतिको भेट


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन्  ।

बैठक अंकारा एसेनबोगा एयरपोर्टमा भएको थियो । ब्लिन्केन जोर्डनको भ्रमणपछि टर्कीको राजधानी आइपुगेका हुन्  । उनले  शुक्रवार टर्कीका विदेशमन्त्री हाकान फिदानसँग भेट गरेका छन्  ।

ब्लिन्केनको भ्रमण सिरियाको चलिरहेको राजनीतिक संकटबारे छलफलमा केन्द्रित भएको टर्कीको विदेश मन्त्रालयले जनाएका छन् ।

सिरियाको राजनीतिक संक्रमण र इजरायल, गाजा र लेबनानका घटनाक्रमलगायत क्षेत्रीय गतिशीलताबारे पनि छलफल हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएका छन्  ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?