Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सिरियाको अवस्थाबारे ब्लिन्केनसँग टर्कीका राष्ट्रपतिको भेट


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन्  ।

बैठक अंकारा एसेनबोगा एयरपोर्टमा भएको थियो । ब्लिन्केन जोर्डनको भ्रमणपछि टर्कीको राजधानी आइपुगेका हुन्  । उनले  शुक्रवार टर्कीका विदेशमन्त्री हाकान फिदानसँग भेट गरेका छन्  ।

ब्लिन्केनको भ्रमण सिरियाको चलिरहेको राजनीतिक संकटबारे छलफलमा केन्द्रित भएको टर्कीको विदेश मन्त्रालयले जनाएका छन् ।

सिरियाको राजनीतिक संक्रमण र इजरायल, गाजा र लेबनानका घटनाक्रमलगायत क्षेत्रीय गतिशीलताबारे पनि छलफल हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएका छन्  ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?