Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

विश्व


प्रिगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान आफ्नै गतिमा चलेको क्रेमलिनको दावी

३० भदाै, एजेन्सी । वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले शुक्रबार जनाएको छ । रूसी निजी लडाकू समूह वाग्नर प्रमुख प्रोगोजिनको विमान दुर्घटनामा निधन भएकोबारे छानविन सुरू भएको भनिएको तीन हप्तासम्म पनि कुनै

लिबिया बाढी : एकै नगरमा एघार हजार तीन सय जनाको मृत्यु

२९ ,भाद्र ,त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

२९ भदाै, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत

एक प्रभावशाली नेताको श्रीमतीसहित हत्या

२९ भदाै, एजेन्सी । ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

२९ भदाै, एजेन्सी । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन

रुसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई गर्यो देश निकाला

२९ भदाै, एजेन्सी । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो । अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क ९सिएनएन०का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री

ईसीबीले फेरी बढायो ब्याजदर

२९ भदाै, जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्‍याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई

आईएमएफद्वारा श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन, कोलम्बोलाई थप रकम उपलब्ध गराइने

२९ भदाै, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्राप्त गर्ने आशा व्यक्त गरेका छन् । गत वर्षको आर्थिक मन्दीका कारण खाद्यान्न, इन्धन र औषधिको चरम

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

२९ भदाै, एजेन्सी । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप

मुम्बईमा विमान दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते

२९ भदाै, एजेन्सी । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि

सम्वन्धित समाचारहरु