Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो : प्यालेस्टिनी श्रममन्त्री


८ ,मङ्सिर ,गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् ।

नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भने ।

उनले भने, “यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार गर्यो, हजारौँ कामदारहरूलाई बर्खास्त ग¥यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?