Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै


८ ,मङ्सिर ,बेइजिङ । चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ ।

आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ ।

चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ ।

आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्न मद्दत गरेको आयोगका अधिकारी सु जियानपिङले पत्रकार सम्मेलनमा बताएका छन् ।

चीन-युरोप रेलवे एक्सप्रेस चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख उद्यमका रूपमा विकसित भएको छ । भविष्यमा यस किसमको सेवाहरू अझ विकसित र विस्तारित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?