Trending
>>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै


८ ,मङ्सिर ,बेइजिङ चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ ।

आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ ।

चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ ।

आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्न मद्दत गरेको आयोगका अधिकारी सु जियानपिङले पत्रकार सम्मेलनमा बताएका छन् ।

चीन-युरोप रेलवे एक्सप्रेस चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख उद्यमका रूपमा विकसित भएको छ । भविष्यमा यस किसमको सेवाहरू अझ विकसित र विस्तारित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?