Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अफगानिस्तानमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु


१० ,मङ्सिर ,मेयमाना, अफगानिस्तान । उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिए ।

बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन बालबालिका र एक महिलासहित अन्य छ जना घाइते भएका थिए ।

उक्त जिल्लामा शुक्रबार पनि दुई वटा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको खराब सडक अवस्था, भीडभाड हुने सडकमा यात्रा गर्दा सुरक्षाका उपायको अभाव, सवारी साधनको अस्तव्यस्तता र लापरबाहीपूर्वक सवारी चलाउनुलाई अफगानिस्तानको सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्‍याइने गरेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?