Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

अफगानिस्तानमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु


१० ,मङ्सिर ,मेयमाना, अफगानिस्तान । उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिए ।

बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन बालबालिका र एक महिलासहित अन्य छ जना घाइते भएका थिए ।

उक्त जिल्लामा शुक्रबार पनि दुई वटा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको खराब सडक अवस्था, भीडभाड हुने सडकमा यात्रा गर्दा सुरक्षाका उपायको अभाव, सवारी साधनको अस्तव्यस्तता र लापरबाहीपूर्वक सवारी चलाउनुलाई अफगानिस्तानको सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्‍याइने गरेको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?