Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पाकिस्तानको सपिङ मलमा आगलागी एघारको मृत्यु


९ ,मङ्सिर ,पाकिस्तान (कराँची)। पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका थिए ।

“हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन् ,” उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने।

उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ ।

प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् ।

जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताउनुभएको छ ।

कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।

सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तिमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?