Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण


१० ,मङ्सिर ,गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ ।

इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् ।

रिहा भएका ती १७ जना प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायल फिर्ता पठाइने बन्धकहरूको दोस्रो समूह हुन् ।

स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका शर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैँदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतार र इजिप्टद्वारा दुवै पक्षसँगकोे सम्पर्कबाट ‘अवरोध’ अन्त्य गर्न समन्वय गरिएको र शनिबार राति ३९ जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने जानकारी दिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?