Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण


१० ,मङ्सिर ,गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ ।

इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् ।

रिहा भएका ती १७ जना प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायल फिर्ता पठाइने बन्धकहरूको दोस्रो समूह हुन् ।

स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका शर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैँदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतार र इजिप्टद्वारा दुवै पक्षसँगकोे सम्पर्कबाट ‘अवरोध’ अन्त्य गर्न समन्वय गरिएको र शनिबार राति ३९ जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने जानकारी दिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?