Trending
>>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ


संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ । युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान’ बताएका हुन् । त्यस्तै, युनिसेफका कार्यकारी निर्देशक रसेलका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार ३०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

‘यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक छ,’ उनले भने । इजरायल र हमासले गाजामाजारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौता भएको छ भने इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो । त्यसैगरी इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही सुरु गरेको थियो भने हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?