Trending
>>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ? >>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

विश्व


भारत र जापानका प्रधानमन्त्री बीच छलफल

७ चैत्र, एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन् । उनले दुई नेताहरूले भारत, जापान र अन्य

रुस र चीनका राष्ट्रपति बीच युक्रेन शान्ति योजनाबारे छलफल हुने

७ चैत्र, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् । रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुग्नु भएका राष्ट्रपति सी चिनफिङलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताएका छन् । चीनका राष्ट्रपति सी

भारतमा सिख पृथकतावादीको खोज जारी, ७८ जना पक्राउ

६ चैत्र, एजेन्सी। भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ। मोबाइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् तर छुट्टै राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप

रूस नियन्त्रित युक्रेनको मारिउपोलमा पुटिनको आकस्मिक भ्रमण

६ चैत्र, एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ । राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले वितरण गरेको भिडियोमा उनलाई हेलिकप्टरबाट मारिउपोलमा अवतरण गरेको देखाइएको थियो । रूसी नेताले कार चलाएर शहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ ।

दशबुँदे घोषणापत्रजारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

६ चैत्र ,विराटनगर । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख सेनामा भर्ती हुँदै

५ चैत्र, एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र

घानामा डुङ्गा दुर्घटना ५ जनाको मृत्यु

५ चैत्र, एजेन्सी । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् । उनले

इक्वेडरमा भूकम्प: १६ जनाको मृत्यु, ४०० घाइते

५ चैत्र, काठमाडाैँ शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ । इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा

क्रिमिया भ्रमणमा पुगे राष्ट्रपति पुटिन

५ चैत्र, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गरेका छन् । ‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए । “हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने

‘फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने’

५ चैत्र, एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ

सम्वन्धित समाचारहरु