Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला


७ असार, एजेन्सी । ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् ।

दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ वर्षीय युवक मङ्गलबार राति मृत अवस्थामा फेला परेको र यसपछिको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दक्षिणी नगरपालिका लोन्ड्रिनाको एक विद्यालयमा अध्ययनरत ती व्यक्ति सोमबार बिहान आफूलाई प्रमाणपत्र चाहिएको भन्दै त्यहाँ पुगेका थिए ।

विद्यालयको पूर्व विद्यार्थीसमेत रहेका ती युवकले गरेको आक्रमणमा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणबाट घाइते भएका एक १६ वर्षीय किशोरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार गोली हान्ने व्यक्तिलाई एक शिक्षकले रोकेका थिए र त्यसपछि प्रहरीले पक्राउ गरेको थियो ।

आक्रमणको योजनामा सहयोग गरेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?