Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला


७ असार, एजेन्सी । ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन् ।

दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ वर्षीय युवक मङ्गलबार राति मृत अवस्थामा फेला परेको र यसपछिको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दक्षिणी नगरपालिका लोन्ड्रिनाको एक विद्यालयमा अध्ययनरत ती व्यक्ति सोमबार बिहान आफूलाई प्रमाणपत्र चाहिएको भन्दै त्यहाँ पुगेका थिए ।

विद्यालयको पूर्व विद्यार्थीसमेत रहेका ती युवकले गरेको आक्रमणमा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणबाट घाइते भएका एक १६ वर्षीय किशोरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार गोली हान्ने व्यक्तिलाई एक शिक्षकले रोकेका थिए र त्यसपछि प्रहरीले पक्राउ गरेको थियो ।

आक्रमणको योजनामा सहयोग गरेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?