Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार

होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु


६ असार ,तेगुसिगाल्पा, होन्डुरस । मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकन पछि मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भने, “मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई सङ्गठित अपराधले ‘अपहरण’ गरेको छ ।” होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मङ्गलबार मृत्यु हुनेको सङ्ख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दङ्गा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् । होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले ट्वीटरमा लेखेका छन्, “कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दङ्गाको योजना बनाएका थिए । ‘ह्युमन राइट्स वाच’ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, “जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तर–गिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।”

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?