Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

बाइडेनले सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त


७ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ ।

क्यालिफोर्नियामा मङ्गलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले सी आक्रोशित भएको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण सम्पन्न गरेको केही दिनपछि दुई विश्व शक्तिराष्ट्रबीच द्वन्द्व हुन नदिन सञ्चार प्रणालीलाई पुनः स्थापित गर्ने उद्देश्यले भ्रमण सम्पन्न गरेको केही दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

बाइडेनले भनेका थिए, “जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स कारले त्यो बेलुन खसालेँ, तब सी चिनपिङ निकै निराश हुनुभयो । कारण के हो भने उहाँलाई थाहा थिएन । जासुसी उपकरणले भरिएको बाकस बेलुनमा थियो ।”

बाइडेनले भनेका थिए, “म गम्भीर छु । उनीहरूलाई के भयो थाहा थिएन । तानाशाहहरूका लागि यो ठूलो लज्जाको विषय थियो ।”

बेइजिङको विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘हास्यास्पद’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने,“अमेरिकी पक्षको केलुनसँग सम्वद्ध टिप्पणी अत्यन्त ‘हास्यास्पद र गैरजिम्मेवार’ छ, यसले आधारभूत तथ्य, कूटनीतिक मर्यादा र चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गरेको छ ।”

उनले भने, “चीन यस बिषयमा कडा रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?