Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु


८ असार, एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो ।

“आज चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,” पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने । “गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ,” उनले बताए ।

खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए ।

अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दू मन्दिरको दर्शन गर्न जाँदै थिए ।

रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउठाउमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?