Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चीनले अमेरिकालाई भन्यो – अपराधीको आश्रयस्थल नबन


७ असार, एजेन्सी । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गरेकी हुन् ।

“सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो,” माओले भनिन् ।

विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानूनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्याक्त गरेकी छन् ।

“सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ। अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढङ्गले गरेको छ। चीन यसको कडा विरोध गर्दछ,” माओले भनेकी छन्।

अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तरराष्ट्रिय सङ्गठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तरराष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उनले अमेरिकाको ध्यानाकर्षण गरेकी छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?