Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भारतमा लगानीबारे छलफल


७ असार, एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको बताएका छन् ।

विश्वका अति धनाड्य व्यक्तिमध्येका एक मस्कले भने, “भारतीय प्रधानमन्त्री मोदीले हामीलाई भारतमा महत्वपूर्ण लगानी गर्न आग्रह गर्नुभएको छ । हामी पनि यसका लागि सकारात्मक छौं र सही समय पत्ता लगाउने प्रयास गरिरहेका छौं ।”

नयाँ दिल्लीले पछिल्ला केही वर्षमा गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

कोरोनाभाइरस महामारीपछि, धेरै कम्पनीहरूले चीनमा उनीहरूको आपूर्ति–श्रृङ्खला निर्भरता कम गर्न र दक्षिण एसियाली राष्ट्रको विशाल घरेलु बजारमा जोड्ने अवसरका रूपमा भारतमा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?