Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भारतमा लगानीबारे छलफल


७ असार, एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको बताएका छन् ।

विश्वका अति धनाड्य व्यक्तिमध्येका एक मस्कले भने, “भारतीय प्रधानमन्त्री मोदीले हामीलाई भारतमा महत्वपूर्ण लगानी गर्न आग्रह गर्नुभएको छ । हामी पनि यसका लागि सकारात्मक छौं र सही समय पत्ता लगाउने प्रयास गरिरहेका छौं ।”

नयाँ दिल्लीले पछिल्ला केही वर्षमा गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

कोरोनाभाइरस महामारीपछि, धेरै कम्पनीहरूले चीनमा उनीहरूको आपूर्ति–श्रृङ्खला निर्भरता कम गर्न र दक्षिण एसियाली राष्ट्रको विशाल घरेलु बजारमा जोड्ने अवसरका रूपमा भारतमा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?