Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक छन् : सर्वेक्षण


७ असार, एजेन्सी । जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ ।

जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी ९.१ प्रतिशत कम्पनीहरूले आफ्नो सञ्चालनमा जेनेरेटर एआईको प्रयोग गरिरहेको बताएका छन् भने ५२.० प्रतिशतले प्रविधिको प्रयोग गर्ने बारे सोचिरहेको बताएका छन् ।

क्रेडिट रिसर्च कम्पनीले हालै गरेको सर्वेक्षणमा एक हजार ३८० कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

यसैबीच, एआई प्रविधिको प्रयोगमा आन्तरिक नियमहरू तयार गर्ने कम्पनीहरूको अनुपात केवल १.२ प्रतिशत मात्र रहेको छ ।

सर्वेक्षणमा २३.३ प्रतिशतले तथ्याङ्कको गोपनियताबारे चिन्ता व्यक्त गर्दै आफ्ना गतिविधिमा जेनेरेटर एआईको प्रयोगबारे विचार नगरेको बताएका छन् ।

सर्वेक्षणले समेटेका घर–जग्गा किनबेच सम्बन्धी कम्पनीका एक अधिकारीले भने, “जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्धले फाइदाभन्दा बढी बेफाइदा हुनेछ । व्यक्तिगत जानकारीको प्रयोगमा सामान्य सुरक्षा सावधानीहरू पालन गरिएको छैन ।”


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?