Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

१९ चैत्र, एजेन्सी । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ

अमेरिकामा आँधीः २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

१९ चैत्र, एजेन्सी । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ

भुटानका राजा वाङचुकले तीन-दिने भारत भ्रमण गर्ने

१९ चैत्र, एजेन्सी । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा. टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनको भारत भ्रमण

पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता

१९ चैत्र, एजेन्सी । श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए

पोल्यान्डबाट १ सय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने

१९ चैत्र, एजेन्सी । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् । “युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

१९ चैत्र, एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ । जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

१८ चैत्र, एजेन्सी । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

१८ चैत्र, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको

अध्यागमन हिरासत आप्रवासी मृत्यु प्रकरणः छ जनाविरुद्ध पक्राउ पुर्जी जारी

१८ चैत्र, एजेन्सी। मेक्सिकोको एक अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउडाड जुआरेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई वेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूलाई हालसम्म पाँच जनालाई पक्राउ

हिन्दु डाक्टरको गोली हानेर हत्या

१८ चैत्र, एजेन्सी । एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो । कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले

सम्वन्धित समाचारहरु