Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

खेलौना ठानेर बम खेलाउँदा…


२८ चैत्र, एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुईजना बालबालिकाको मृत्यु भएको छ।

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए। केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विस्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएको राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ। दुवै बालबालिकाको घटनास्थलमै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ।

गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विस्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।

चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विस्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाने गरेका छन्। बम विस्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन्।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?