Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु


२९ चैत्र, एजेन्सी । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो । घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?