Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पेरुमा बस दुर्घटनाः १० जनाको मृत्यु, २५ घाइते


२९ चैत्र, एजेन्सी । पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २:३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्टर मेजाले राज्य समाचार एजेन्सी एन्डिनालाई बताएका छन् ।

बस ह्वानुकोको केन्द्रीय विभागबाट राति ८ः०० बजे त्यसतर्फ प्रस्थान गरेको थियो। सो बस लिमा जाँदै गर्दा चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए ।

घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी घाइते भएका बस चालकलाई पनि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लामा हिरासतमा राखिएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?