Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

तरकारी बजारमा आगलागी हुँदा सयभन्दा बढी पसल जलेर नष्ट


२९ चैत्र, एजेन्सी । बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् । साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन्- ‘आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्यायो । लाखौंको नोक्सानी गरायो ।’ निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?