Trending
>>   लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक: मन्त्री खड्का >>   संवैधानिक निकायहरुमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ: महालेखा परीक्षक राया >>   प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ >>   नेपालमा योग्य मान्छेहरुको अभाव भइसक्योः पूर्वअर्थमन्त्री महत >>   वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छ:प्रधानमन्त्री >>   राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित >>   भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्नेछ : प्रधानमन्त्री >>   विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह >>   रवि लामिछानेलाइ सानै कोठा भएपनि अलग्गै र कैदीबन्दीहरुले पाउने सुविधा दिइएको छ : गृहमन्त्री >>   प्रधानमन्त्रीद्वारा तुर्केमिनिस्तान भ्रमणबारे संसदलाई जानकारी
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

कर्णाली


श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ : प्रदेश प्रमुख परियार

१८ वैशाख, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुनसक्ने बताएका छन् । प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना

कृषि नीति बनाउन छलफल

१८ वैशाख ,कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सम्पादकबीच कृषि नीतिका विषयमा छलफल भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ को कृषि नीति तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव सङ्कलन गर्न मन्त्रालय र सम्पादकबीच छलफल भएको हो । छलफलमा बाँझो जमीन उपयोग,

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

१८ वैशाख ,कर्णाली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताए

टिपरले ल्याएको बालुवामा मान्छेको टाउको भेटिएपछि…

१७ वैशाख, बैतडी । बैतडीमा टिपरबाट ल्याइएको बालुवामा मान्छेको टाउको फेला परेको छ । बैतडीको पाटनमा कुकुरले बालुवाको थुप्रोबाट तान्दै गरेको अवस्थामा मान्छेको टाउको फेला परेको हो । प्रहरीले अहिले उक्त स्थान सिल गरेर अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले बालुवा कहाँबाट ल्याइएको हो भन्ने सोधपुछ गरिरहेको जानकारी दिएको छ

निर्धारित समय अगाबै काम सम्पन्न

१७ वैशाख ,जाजरकोट । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका चार योजनालाई बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ । बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी

रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह

१६ वैशाख ,सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताएका हुन् । राष्ट्रिय लेखा दिवस २०८० का

डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने

१६ वैशाख ,जाजरकोट । डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो

जुम्लामा स्याउ फुलेर बगैँचा सेताम्मे

१६ वैशाख, जुम्ला  यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ

बाढीपहिरो पीडितलाई सात महिनासम्म न राहत न त पुनर्वास

१६ वैशाख, मुगु । यहाँका बाढीपहिरो पीडित परिवारले सात महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्वास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकास्थित सालिम गाउँका आठ जनाको ज्यान गएको थियो । बाढीपहिरोबाट सालिम गाउँका ५६ परिवार त्रिपाल र आफन्तको घरगोठमा बस्दै आएको सात महिना बितेको छ । गत असोज १९

रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन

१६ वैशाख, रोल्पा । रोल्पामा जेल्वाङस्थित स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको छ । हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्यचौकी

सम्वन्धित समाचारहरु