Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक


१८ वैशाख ,कर्णाली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

उनले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताए । काठमाडौँस्थित दशरथ रङ्गशालाको कर्बड हलमा आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आइतबार भलिबल खेल प्रतियोगितामा जित हात पारेको हो ।

छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो । वेस्ट अफ फाइभ (फाइनल)मा खेलाइएको उक्त खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो ।

यसैगरी चौथो सेट जित्न सफल कर्णालीले फाइनल सेट पनि आफैँले जितेको थियो । त्यस्तै, एथ्लेटिक्सअन्तरगत चार सय र आठ सय मिटर दौड प्रतियोगितामा सरिता खड्का प्रथम, सटफुटमा धीरेन्द्र विक प्रथम, आठ सय मिटर दौडमा प्रकाश बुढा द्वितीय, एक मिटरमा सुशील आले तेस्रो, कराँते कातामा लक्ष्मकुमार शाही र प्रियङ्का शाही तेस्रो, तेक्वान्दो ४५ केजीमा निशान प्याकुरेल र छात्रा तीन हजार मिटर दौड प्रतियोगितामा उर्मिला खनाल तेस्रो र छात्रतर्फ अजय विकले दोस्रो स्थान हात पारेको परिषद्ले जनाएको छ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?