Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह


१६ वैशाख ,सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताएका हुन् ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको आज समापन कार्यक्रममा मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेकोसमेत उल्लेख गरे । “खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार तयार छ”, मन्त्री सिंहले भने ।

उक्त अवसरमा मन्त्री सिंहले ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरे । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमका अनुसार तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी भएका थिए ।

प्रदेशभित्रका कर्मचारीसहित सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बाँके र कैलालीको समूहसमेत प्रतियोगितामा सहभागी भएका भएका थिए । कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेशसिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय भए ।

यस्तै फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रुपसिंह विकको समूह तृतीय भएका थिए। प्रदेश लेखा नियन्त्रक बमका अनुसार भेट्रान्सतर्फ अनिल लाखे र जयन्त श्रेष्ठको समूह प्रथम, रितेश थापा र वीरेन्द्रसिंह विष्टको समूह द्वितीय हुँदा तिलक बस्नेत, कलमविक्रम शाह, धन देवकोटा र नारायण अधिकारीको समूह तृतीय भएका थिए ।

यसैगरी खुलातर्फ सशस्त्र प्रहरी बल क्लबका सुजन थापा र प्रनिस सिंह ठकुरीको समूह प्रथम भए । त्रिभुवन आर्मी क्लबका कबिर केसी र नरेन्द्र बमको समूह द्वितीय भएका थिए ।

तृतीय हुनेमा अनिल मल्ल, दिनेश खड्का, राजेन्द्र बम र जितप्रसाद लामिछानेको समूह रहेको छ । खुलातर्फ प्रथम हुनेले रु ५५ हजार पाँच सय ५५, द्वितीय हुनेले ३३ हजार तीन सय ३३ र तृतीय हुनेले २२ हजार दुई सय २२ नगद प्राप्त गरेका छन् ।

भेट्रान्सतर्फ प्रथम हुनेले रु ३३ हजार तीन सय ३३, द्वितीय हुनेले २२ हजार दुई सय २२ र तृतीय हुनेले ११ हजार एक सय ११ नगद पुरस्कर पाएका प्रदेश लेखा नियन्त्रक बमले जानकारी दिए । उनका अनुसार कर्मचारीतर्फ प्रथम हुनेले रु २२ हजार दुई सय २२, द्वितीय हुनेले रु ११ हजार एक सय ११ र तृतीय हुनेले रु सात हजार सात सय ७७ पुरस्कार पाएका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?