Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ : प्रदेश प्रमुख परियार


१८ वैशाख, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुनसक्ने बताएका छन् ।

प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उहाँले सम्मान प्रकट गरेका ।

“सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ/आठ घण्टा काम, आराम र मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रुपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रुपमा मनाइन्छ । आफ्नो अधिकारका निम्ति एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको यस गौरवपूर्ण विश्वश्रमिक दिवस मुलुक समृद्धिको मानक बनोस्, शुभकामना”, उनले भनेका छन् ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाएका छन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रुपान्तरण सम्भव हुन नसक्ने भएकाले संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन वर्तमानको महत्वपूर्ण पक्ष भएको उनले बताएका छन् ।

विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गरेका उनले सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?