Trending
>>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ : प्रदेश प्रमुख परियार


१८ वैशाख, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुनसक्ने बताएका छन् ।

प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उहाँले सम्मान प्रकट गरेका ।

“सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ/आठ घण्टा काम, आराम र मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रुपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रुपमा मनाइन्छ । आफ्नो अधिकारका निम्ति एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको यस गौरवपूर्ण विश्वश्रमिक दिवस मुलुक समृद्धिको मानक बनोस्, शुभकामना”, उनले भनेका छन् ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाएका छन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रुपान्तरण सम्भव हुन नसक्ने भएकाले संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन वर्तमानको महत्वपूर्ण पक्ष भएको उनले बताएका छन् ।

विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गरेका उनले सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?