२० असार ,म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको
२० असार ,गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन्
१९ असार,गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उहाँकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
१९ असार, पोखरा । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ । पर्यटकीय सहर पोखरामा
१९ असार ,पर्वत । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी
१९ असार ,बलेवा । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा
१८ असार, लमजुङ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन्। बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन्। वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका
१८ असार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डायलासिस सेन्टर स्थापना गर्ने भएको छ । मिर्गौलापीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ ।
१८ असार, बागलुङ । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि
१८ असार, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन् । प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी