Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल


२३ असार ,गोरखा । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

कूल रु १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो । अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिईन् ।

ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ । आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो ।

निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताईन् । “कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो”, देवकोटाले भनिन्, “अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।”

पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले रु ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको उनले बताईन् ।

उक्त पुल एकसय ५१ मिटर लम्बाइको हुने उनले बताईन् । पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए ।

पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?