Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा


२३ असार, गोरखा । गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा  परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए ।

“रोपाइँ गर्ने बेलामा गोरु मर्यो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बन्नुभएका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए ।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, पन्तले भने ।

लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए । “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ  । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।”

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा शर्मिला कुमालले बताइन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?