Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा


२३ असार, गोरखा । गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा  परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए ।

“रोपाइँ गर्ने बेलामा गोरु मर्यो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बन्नुभएका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए ।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, पन्तले भने ।

लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए । “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ  । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।”

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा शर्मिला कुमालले बताइन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?