गोरखा। लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । उक्त गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए
४ ,पुष ,म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए । “थकालीको विवाहका क्रममा माइतीको
पोखरा। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । उक्त सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् । उक्त वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण–८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर
दमौली। तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहर मैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित गरेको छ । त्यसैगरी, नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा
गण्डकी। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । उक्त सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने
गण्डकी। वनमा आधारित उद्यम सञ्चालन गरेर समृद्धिको अभियानमा जोडिनुपर्नेमा यहाँ आयोजित सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रिन फाउण्डेशन र टि.एफ परियोजनाद्धारा संयुक्तरुपमा पोखरामा आयोजित सामुदायिक वनमा स्थानीय समुदायको अधिकार सुनिश्चितता सम्वन्धी छलफललमा सहभागीे वक्ताहरुले वनलाई समृद्धिको आधार बनाइनुपर्नेमा जोड दिएका हुन् । बागमती प्रदेश सभासदस्य
गुल्मी। गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् भने २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ रहेको छ । उक्त जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको
१ ,पुस ,ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो
१ ,पुस ,गण्डकी । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् । होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा