Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देउवाको निर्देशनपछि कांग्रेसको ब्यानरबाट हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’


पोखरा। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । उक्त सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पोखरा आइपुगेपछि ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए । कांग्रेस गण्डकीका एक पदाधिकारीकाअनुसार ब्यानरमा सभापतिको फोटो नभएकोप्रति पनि देउवाको आपत्ति थियो । त्योभन्दा पनि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएको ती पदाधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको बताए । ‘ब्यानरका नारा गण्डकीले नै तयार पारेको हो । ब्यानरमा अशुद्ध लेखिएकाले हटाइएको भन्ने मैले जानकारी पाएको छु’ लामिछानेले भने, ‘यसबारे यथार्थ मैले नै पनि पत्ता लगाइसकेको छैन ।’

भर्खरै कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ रहेको छ ।

उक्त नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो । देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

‘व्यानरमा सभापतिकै फोटो नभएको र व्यानरमा लेखिएको नाराप्रति पनि देउवाजीको आपत्ति रह्यो । त्यो नाराले पार्टीमाथि झनै प्रश्न उठ्ने उहाँको भनाइ थियो’, सँगै रहेका ती व्यक्तिले भने ।

त्यसैगरी, निर्वाचित भएको दुई वर्षपछि नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा आज र भोलि चल्ने सम्मेलनमा राजनीतिक, सांगठनिक, आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल हुनेछ । नेपाली कांग्रेसको प्रथम सम्मेलनको ब्यानर सोमबार राति नै तयार गरिएको थियो भने मंगलबारदेखि पोखरा सभागृहमा सुरु भएको व्यानरको नारा गण्डकी प्रदेश समितिले नै तयार गरेको हो ।

जनता दास र नेताहरु मालिक हुन् भन्ने व्यवहारले देखिइराखेको गण्डकी प्रदेश सभापति शर्माले कार्यक्रममा बताए । सत्तामा जहाँ गयो, त्यहीं विवादित, जुन ठाउँमा जित्यो, त्यहीं जनताको सेवक नेताले नमानेको उनको भनाइ थियो ।

‘शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो’ उनले भने, ‘हामी कोही मालिक होइनौं, जनता हुन् ।’ देश संघीय संरचनामा गइसकेको भए पनि संघले कानुन नबनाइदिएर प्रदेश सरकारहरुले काम गर्न नसकिरहेको भन्दै शर्माले देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।

 


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?