Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर थाल्यो योजना सम्झौता


म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् ।

उक्त वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण–८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

“हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन रु १४ हजार गाडीभाडा र कम्तीमा पूरै दिन लाग्ने गरेको थियो,” उनले भने “वडामै योजना सम्झौता गर्न पाउँदा गाउँगाउँमा सिंहदरबार आएको महसुस भयो ।”योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नुपर्छ । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झञ्जट हुन्थ्यो ।

उक्त गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली राम्चे पुगेको थियो । आइतबार र सोमबार सञ्चालन भएको शिविरमा ८ योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए । त्यसैगरी, विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधिकारीलाई सहज भएको उनले बताए भने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आठ वटै वडामा पुगेर योजना सम्झौता गरिने बताए ।

“सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौँ,” उनले भने “योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापनसम्बन्धी तालिम पनि दिन्छौँ ।”वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय पचास वटा योजना कार्यान्वयन गर्दैछ ।

त्यसैगरी, रु तीन लाखभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ भने बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्यूनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?