Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज


गण्डकी। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

उक्त सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने सभापति शर्माले बताएका छन् । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

सो सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्य समितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?