Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाल्पा जिल्ला सम्मेलनः लापरवाहीप्रति महामन्त्री थापा र जिल्ला कार्यसमितिकाे क्षमायाचना !


पाल्पा । कांग्रेसकाे पाल्पा जिल्ला सम्मेलनकाे लापरवाहीप्रति महामन्त्री गगन थापा र जिल्ला कार्यसमितिले माफि मागेका छन् । महामन्त्री थापाले सामाजिक सन्जाल र जिल्ला कार्यसमितिले विज्ञप्ति निकालेर क्षमायाचना गरेका हुन्।

महामन्त्री थापाले भनेका छन्ः पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।

जिल्ला कार्यसमितिकाे विज्ञप्तिः


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?