Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

वनमा आधारित उद्यम सञ्चालनमा जोड


गण्डकी। वनमा आधारित उद्यम सञ्चालन गरेर समृद्धिको अभियानमा जोडिनुपर्नेमा यहाँ आयोजित सरोकारवालाहरूले  जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रिन फाउण्डेशन र टि.एफ परियोजनाद्धारा संयुक्तरुपमा पोखरामा आयोजित सामुदायिक वनमा स्थानीय समुदायको अधिकार सुनिश्चितता सम्वन्धी छलफललमा सहभागीे वक्ताहरुले वनलाई समृद्धिको आधार बनाइनुपर्नेमा जोड दिएका हुन् ।
बागमती प्रदेश सभासदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष भारती पाठकले वन संरक्षण,  प्रवर्धन र विकासमा अहम भूमिका निर्वाह गर्दै आएका उपभोक्ताको हक र अधिकार सुनिश्चित गरी समृद्धिको अभियानमा जुटनुपर्ने आवश्यकता औल्याए । उक्त वनमा काठ र जडिवुटी कुहिएर खेर जाने तर  विदेशबाट बार्षिक खरबौको काठ आयात गर्ने परिपाटी अन्त्य हुनुपर्ने मा जोड दिँदैँ उनले सर्वसुलभ वन पैदावार उपयोग नीतिको खाँचो औल्याएका छन् ।
त्यस्तै, प्राकृतिक स्रोतमा स्थानीय वासिन्दा, आदिवासी जनजाति, विपन्न र सिमाङकृत वर्गको पहुच पुर्‍याउँदै जिविकोपार्जनको आधार बनाइनुपर्नेमा सवैको ध्यान पुग्नुपर्नेमा प्रदेशसभा सदस्य पाठको जोड थियो । गण्डकी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख धनेन्द्र खनाल क्षेत्रीले प्रदेश वन ऐन आईसकेकाले  प्राकृतिक स्रोतको भरपुर उपयोग गर्ने खालको विनियम निर्माण गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा स्वामित्वसहितको अधिकार (टि.एफ) परियोजनाका क्षेत्रीय सांयोजक क्याथ ट्रेनरले परियोजनाले स्थानीय वन ऐन निर्माणमा गहयोग गर्दै आएको र अब उक्त ऐनको प्रभावकारी कार्यान्वयमा जोड दिए । परियोजनाले वन प्राविधिक नियुक्त गेरर मुलुकका १२७ पालिकामा स्थानीय वन ऐन निर्माणमा सहयोग गरेको छ ।
त्यसैगरी, आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) का अध्यक्ष डा. पासाङ शेर्पाले नीति निर्माण तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिंदैे प्राकृतिक श्रोत उपयोगमा प्रविधियुक्त जनशक्तिको खाँचो औल्याए । ग्रीन फाउण्डेशनका अध्यक्ष धनश्याम पाण्डेले वन पैदावारमा आधारित उद्यम स्थापना र सञ्चालन गर्नुको विकल्प नभएको अवस्थामा यस संस्थाले पनि स्थानीय उपभोक्ताको आयआर्जन गर्ने खालका उद्यम सञ्चालनमा सहयोग गर्दै आएको जानकारी दिए ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदी, टीएफ परियोजनाका गङ्गाराम दाहाल, सिप्रेडका कार्यक्रम संयोजक मुकेश गुप्ता, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बास्तोलालागयतले प्राकृतिक स्रोतको उपयोगमा जोड दिएका थिए ।

प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?