Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित


गुल्मी। गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् भने २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ रहेको छ ।

उक्त जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए । अर्को एक गाउँपालिकामा ४६ जना सङ्क्रमित रहेकोमा १९ जनाले मात्रै जिल्लाबाट एआरटी सेवा लिएका छन् भने ४१ जना संक्रमित रहेको अर्को पालिकाका २७ जनाले उक्त सेवा लिएका छन् ।

त्यसैगरी, ३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिएका छन् ।

उक्त जिल्लाको सबैभन्दा कम संक्रमित रहेको पालिकामा पाँच जना संक्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् ।

यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको घिमिरेले जानकारी बताए ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?