काठमाडौँ। आज फूलपाती नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ ।
काठमाडौँ। चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ । तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ । सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको
काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गरेका छन् । सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत
काठमाडौँ। वागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो । प्रदेश सभा भवन क्षतिग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आँकलन गरिएको छ । हेटौंडामा रहेका
काठमाडौँ।यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलवार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भईसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु
काठमाडौँ। जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् । दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले यहाँको केही शोरुमहरुमा आगजानी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए । प्रदर्शनकारीको निशानामा
काठमाडौँ।जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा शुरु गरेका छन् । आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरु बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक
काठमाडौँ। सोमवार (आज) बाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिएपनि यसपटक औपचारिक कार्यक्रम बिनै शुरु गरिएको
काठमाडौँ। अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आम नागरिकहरु आवश्यक सामान किन्न, कार्यालय जान शुरु गरेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनकी छिन् । यद्यपि जेन जी समूहका अगुवा सुदन गुरुङ समूहले प्रधानमन्त्री सुशीला कार्कीले जेन जीसँग वार्ता नै नगरी
काठमाडौँ। निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । काठमाडौं उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरु शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएनन् । चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरु सञ्चालन भएकोमा आईतवारबाट भने चक्रपथसहित भित्रि सडक