काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो। कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताउनुभयो। ‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ।
२३ ,असोज ,काठमाडौँ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको
इजरायल: युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो। परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारीअनुसार ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ। इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं। इजरायलमा शनिवार प्यालेस्टाइन हमास समूहलेगरेको आक्रमणमा नेपाली नागरिक पनि परेका छन् । इजरायलमा १४ जना नेपालीहरू काम गरेको फार्ममा पनि आक्रमण हुंदा ९ जना नेपाली घाइते भएका छन् । यीमध्ये २ जनाको अवस्था गम्भिर रहेको परराष्ट्र मन्त्रालयले शनिबार जारी बिज्ञप्तिमा भनिएको छ । परराष्ट्रले भनेको छ ` १४ जना
१७ ,असोज ,काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय
काठमाडौँ । आगामी अक्टोबरमा तय भएको गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् । चुनावको माहोलका बीच गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा भने संगठनलाई चुस्त र चलायमान बनाउनसमेत
कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का विभिन्न अभियानहरूमा अग्रपंक्तिमा रहँदै–खट्दै आएका मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले संघको एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन्। दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी दिन लागेका
७ ,असोज ,धुलिखेल (काभ्रेपलाञ्चोक) । पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट