Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु


एजेन्सी। टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो । डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए । तटरक्षक दलले ३२ जनालाई उद्धार गरेको छ भने अन्य तीन जनाको शव निकालेको छ । खोज र उद्धार कार्य जारी रहेकाले तीन जना अझै बेपत्ता छन् । आप्रवासीहरू गैरकानूनी रूपमा ग्रीक टापुमा पुग्ने प्रयास गरिरहेका थिए ।

टर्किए हुँदै युरोप पुग्ने प्रयास गरिरहेका आप्रवासीहरूको लागि एजियन सागर लामो समयदेखि प्रमुख मार्ग रहेको छ ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?