Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु


एजेन्सी। टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो । डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए । तटरक्षक दलले ३२ जनालाई उद्धार गरेको छ भने अन्य तीन जनाको शव निकालेको छ । खोज र उद्धार कार्य जारी रहेकाले तीन जना अझै बेपत्ता छन् । आप्रवासीहरू गैरकानूनी रूपमा ग्रीक टापुमा पुग्ने प्रयास गरिरहेका थिए ।

टर्किए हुँदै युरोप पुग्ने प्रयास गरिरहेका आप्रवासीहरूको लागि एजियन सागर लामो समयदेखि प्रमुख मार्ग रहेको छ ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?