Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर


एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतंकवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन् । सम्झौतामा दुवै देशले एकअर्का विरुद्ध तेस्रो–पक्ष प्रतिवन्धहरू अस्वीकार गर्ने र एकपक्षीय जबरजस्ती उपायहरूको प्रयोगलाई रोक्ने कुरा पनि उल्लेख छ । पुटिनले नयाँ सन्धिले महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रश्तुत गरेको र राजनीति, सुरक्षा, व्यापार, लगानी र मानवीय मामिला जस्ता क्षेत्रमा दीर्घकालीन सहयोगलाई गहिरो बनाउनको लागि रूपरेखा सिर्जना गरेको बताएका छन् ।

इरानी नेताले नयाँ सम्झौताले रूस र इरानबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुवात गर्ने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढावा दिने बताएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?