Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर


एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतंकवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन् । सम्झौतामा दुवै देशले एकअर्का विरुद्ध तेस्रो–पक्ष प्रतिवन्धहरू अस्वीकार गर्ने र एकपक्षीय जबरजस्ती उपायहरूको प्रयोगलाई रोक्ने कुरा पनि उल्लेख छ । पुटिनले नयाँ सन्धिले महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रश्तुत गरेको र राजनीति, सुरक्षा, व्यापार, लगानी र मानवीय मामिला जस्ता क्षेत्रमा दीर्घकालीन सहयोगलाई गहिरो बनाउनको लागि रूपरेखा सिर्जना गरेको बताएका छन् ।

इरानी नेताले नयाँ सम्झौताले रूस र इरानबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुवात गर्ने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढावा दिने बताएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?