Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

युगाण्डाले पायो अफ्रिका सीडीसीबाट एमपक्स खोपको २ हजार डोज


एजेन्सी। युगाण्डाले अर्को महिना शुरु हुने रोकथाम अभियानको लागि अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) बाट एमपक्स खोपको २ हजार डोज प्राप्त गरेको छ ।

एमपक्स जसलाई मङ्कीपक्स पनि भनिन्छ । मङ्कीपक्स भाइरसबाट हुने संक्रामक रोग हो । जुन नजिकको सम्पर्कबाट फैलिन्छ । जसमा ज्वरो, लिम्फ नोड्स सुन्निने, घाँटी दुख्ने, मांसपेशी दुख्ने, छालामा दाग लाग्ने र ढाड दुख्ने जस्ता लक्षणहरू देखा पर्छन् । युगाण्डाले गत अगस्टमा रोगको प्रकोप पुष्टि गरेको थियो ।

देशभर प्रयोगशालाबाट १ हजार ७१२ पुष्टि गरिएको छ । नयाँ शैक्षिक वर्षको लागि विद्यालयहरू पुनः खोल्ने तयारीमा रहेकाले देशभर एमपक्स रोगको द्रुत फैलावट धेरै युगाण्डावासीहरूको लागि प्रमुख चिन्ताको विषय बनेको छ ।

फेब्रुअरीमा विद्यालयहरू पुनः खोल्ने सुनिश्चित गर्न सबै उपायहरू अपनाएको छ ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?