Trending
>>   भारतीय बैंकबाट अब नेपालीले पनि ऋण लिन सक्ने: आरबीआईको नयाँ नीति पछि बढ्यो सम्भावना र… >>   उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी ! >>   हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत >>   सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस् >>   कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि >>   मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ? >>   जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली >>   समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी >>   विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट >>   नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी
Logo
२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

प्रवास


सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो

६ जेष्ठ ,त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्याएको हो । कार्यालयका डिभिजन

जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन हुँदै

४ जेष्ठ ,काठमाडौँ । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ रहेको छ ।

चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

४ जेष्ठ ,काठमाडौँ । चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गरेको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । आरोही ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर झरेका थिए ।

नेपाल एयरलाइन्सले १२ हजार सात सयमै मलेसिया–भैरहवा उडाउने

४ जेठ, काठमाडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेशिए

३ जेठ, उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने

जापानमा बस दुर्घटना : अध्ययनका लागि गएका २ नेपाली विद्यार्थीको मृत्यु

३ जेठ, टोकियो । जापानमा भएको बस दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानी मिडियाले उल्लेख गरे अनुसार जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन्

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

३ जेष्ठ ,म्याग्दी । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट ट्क्सरेमार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्क्सरेका प्रबन्ध निर्देशक

अष्ट्रेलिया, अमेरिका, जापान र बेलायतमा उत्साहजनक व्यापार गर्दै नेपाली चलचित्र

३१ वैशाख, काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । पछिल्लो समय नेपाली

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

३१ वैशाख, सोलुखुम्बु । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्

९ महिनामा छ लाखले लिए श्रम स्वीकृति

३० वैशाख, काठमाडाैँ । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको

सम्वन्धित समाचारहरु